कांग्रेस केन्द्रीय समिति बैठक :आज पनि नेताहरूले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक :आज पनि नेताहरूले धारणा राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपामा मंगलबारदेखि जारी बैठकअन्तर्गत आज तेस्रो दिन पनि नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् । बैठक ११ बजेदेखि बोलाइएको छ ।

बधुबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमान्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय  नेताहरुले धारणा राखिसकेका थिए । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका छन् । प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरे ।

बधुबारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।