काठमाण्डु – नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ । आजकाे बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने छ ।
बैठकमा अहिलेसम्म सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरूले सभापति देउवाको प्रंशसा र महामन्त्रीको गतिविधिमाथि प्रश्न उठाइरहेका छन् ।
साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका नेता बालकृष्ण खाँणलाई बचाउन नसकेकोमा आलोचना भइरहेको छ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्य मूल एजेन्डाभन्दा खाँण र देउवामा केन्द्रीत भएर धारणा राखिरहेका छन् ।




प्रतिक्रिया