कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,के-के छन् एजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,के-के छन् एजेण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजेकांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्पलगायत मुख्य एजेण्डामा छलफल हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन्। यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि छलफल हुनेछ।