कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै,एमालेसँग भएका समझदारी अनुमोदन गर्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै,एमालेसँग भएका समझदारी अनुमोदन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषय बैठकमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई समेत उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।