काठमाण्डु – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव पेस भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले राखेको प्रस्ताव उक्त प्रस्ताव पेस गरेका छन् ।
प्रस्ताव पास भएपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नपाउने भएपछि प्रवक्ता डा. प्रकाशशरण महत र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रस्तावको विरोध गरेका छन् ।
बुधबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले पेस गरेको समसामयिक विषयको प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने उल्लेख छ । त्यो प्रस्ताव छलफलका लागि बैठकमा पेस भएको छ ।
प्रस्ताव छलफलका लागि प्रस्तुत हुने वित्तिकै परराष्ट्रमन्त्री राणा र प्रवक्ता डा. महतले विरोधमा धारणा राखेका हुन् । उनीहरूले देउवालाई प्रधानमन्त्री बन्न नदिन त्यस्तो प्रस्ताव ल्याइएको बताएका छन् ।
अहिले एमाले र कांग्रेसबीच भएको सहमतिमा दुई वर्ष एमाले अधयक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहने र त्यसपछि निर्वाचन गराउने गरी डेढ वर्ष देउवा प्रधानमन्त्री हुने उल्लेख छ ।
राणा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नसमेत हुन् । राणाले बैठकमा संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिएकाले कांग्रेसले रोक्ने नमिल्ने भन्दै महामन्त्री शर्माको प्रस्ताव स्वीकार्न नसकिने बताइन् ।
प्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गर्दै सभापति देउवालाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको आरोप लगाउँदै देउवाको निकट बन्न खोजे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. महतका कारण गठबन्धन भत्किएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला देउवाको प्यारो बन्न डा. महतले यस्तो धारणा राखेको नेताहरूले बताएका छन् ।
महामन्त्री शर्माले एक्जिट पोलिसीमा वान, टु, थ्री, फोर अनुसार नेतृत्व बहिर्गमन नीति प्रस्तुत गर्दै राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक हुन पाउने उल्लेख गरेका छन् । उनको नीति पास भएमा देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन् । धेरै नेताहरू मन्त्री बन्न र सांसद पनि बन्न पाउने छैनन् ।
प्रस्तावित एजेण्डालाई पार्टीले पारित गरेमा संवैधानिक व्यवस्था मिलाउन कांग्रेसको पहल हुनुपर्ने शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया