काठमाण्डु-कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राख्ने छन् ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन् ।




प्रतिक्रिया