कांग्रेस बैठक : थापाको प्रतिवेदन परिमार्जन गरिने, शर्माको भने यथावत् राखिने

कांग्रेस बैठक : थापाको प्रतिवेदन परिमार्जन गरिने, शर्माको भने यथावत् राखिने

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसमा महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित केन्द्रीय समितिमा पेस गर्ने सहमति भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारीहरूको बैठकमा महामन्त्री थापाको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रूप दिएर केन्द्रीय समितिमा पेश गर्ने निर्णय भएको हो ।

तर अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने छ ।

बैठकमा सहभागी एक नेताका अनुसार थापाको प्रतिवेदनमा भोलि एक बजे बस्ने पदाधिकारीहरूको बैठकले अन्तिम रूप दिनेछ । त्यसपछि केन्द्रीय समितिमा पेश गरिनेछ ।

महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलीसी’ लगायत विषय उल्लेख छ । तर महामन्त्रीद्वयको प्रतिवेदनमाथिको छलफल टुंगो लाग्न नसकेपछि भोलि फेरि बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने सहमति भएको बताए । बैठकले पार्टीका विधानसँग सम्बन्धित मुद्दाहरूलाई विधान मस्यौदा समितिमा पठाउने सहमति गरेको हो । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूपनि सहभागी थिए ।