काठमाण्डु- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनबारे छलफल भएको छ।
आउँदो कार्त्तिक १७ गते हुने उपनिर्वाचन र त्यहाँको पार्टीको अवस्थाबारे बैठकमा छलफल भएको हो । सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान कांग्रेसका मन्त्री, पदाधिकारी र पूर्वपदाधिकारी र सातै प्रदेशका नेतासहितको बैठक बोलाएका थिए।
बैठकमा विभिन्न नेताहरूले रुपन्देही–३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गरेका थिए ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बैठकमा पार्टीभित्र सम्पूर्ण रुपले एकताका साथ जाने कुरा भएको बताए ।
नेता केसीले मन्त्री फेरबदलबारे बैठकमा कुनै छलफल नभएको बताए। उनले रुपन्देही–३ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे यकिन नभएको बताए। बैठकमा रुपन्देही–३ मा बालकृष्ण खाणको सम्भावनाबारे पनि कुनै छलफल नभएको उनको भनाइ छ।
२०७९ निर्वाचनमा रुपन्देही–३ मा खाण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग पराजित भएका थिए। बोहराको निधन भएपछि उक्त स्थानमा कार्त्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो।
२०७९ को निर्वाचनमा कांग्रेसबाट उम्मेदबार बनेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र उनीविरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेकाले उनलाई उम्मेदवार बनाउन नहुने पक्षमा केही नेताहरू छन्। तर, खाण उपनिर्वाचनबाट राजनीतिमा आउन खोजेका छन्।




प्रतिक्रिया