२३ दिनपछि आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

२३ दिनपछि आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांगस्रेले संघर्षका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसअघि गत पुस ७ गतेदेखि सुरु भएको बैठक पुस १९ गते स्थगित भएको थियो । त्यसपछि सो बैठक २३ दिनपछि आज पुनः बस्न लागेको हो । यसअघि चलेको बैठकमा २१ जना सदस्यले मात्रै आफ्नो धारणा राखेका छन् ।

संसद विघटनको विरोधमा उत्रिएको कांग्रेसमा पनि दुई पक्ष स्पष्ट देखिएका छन् । पौडेल पक्ष प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । तैपनि विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको कांग्रेसले यस अघि सबै निर्वाचन क्षेत्र, प्रदेश सभा, स्थानिय तह र वडास्तरमा विरोध कार्यक्रम संचालन गरिसकेको छ ।