कांग्रेसकाे केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

कांग्रेसकाे केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि सोमवारका लागि तोकिएको केन्द्रीय समिति बैठक केन्द्रीय कमिटी सदस्यहरुको पीसीआर परीक्षणपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो । आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनसँग सम्बन्धित एजेण्डाका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।