थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली शनिबार साँझ सार्वजनिक गरेको हो ।

योसँगै क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।

समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । साथै यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।