काठमाडौं – अनुशासन उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको कांग्रेस अनुशासन समिति बैठकले मल्ललाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको हो ।
पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेपछि मल्ललाई कारबाही गरिएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।





प्रतिक्रिया