काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन यहि मंसिर २४ गतेदेखि सुरु हुँदैछ । काठमाण्डुको भृकुटीमण्डपमा मंसिर २६ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट सहभागीहरु काठमाण्डु आउन सुरु गरिसकेका छन् ।
देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशन नजिकिँदै गर्दा सहभागीका लागि स्वाद नदोहोरिने गरि खानाको मेनु तयार पारिएको छ ।
खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् । उनीहरुले प्रत्येक दिन ६ देखि ८ हजार जनासम्मलाई खाना खुवाउनेछन् ।
यस्तो छ कांग्रेस महाधिवेशनमा खानाको मेनु
२४ मंसिर (शुकबार)
डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।
२५ मंसिर (शनिबार)
ब्रेकफास्ट बिहान ७ बजेदेखि १० बजेसम्म : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
लन्च ११ देखि २ बजेसम्म : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।
डिनर ६ देखि ८ बजेसम्म : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।
२६ मंंसिर
ब्रेकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी ।
लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।
२७ मंसिर
ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी
लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स
दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही
डिनर : जिरा राइस, चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।




प्रतिक्रिया