पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्।

उपसभाति खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग,वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रीको शपथ लिनेछन् ।

कांग्रेसले आठ मन्त्रालय पाएको छ। पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । बाँकीको रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ।