कांग्रेसको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी दर्ता

कांग्रेसको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुर्व राज्यमन्त्री नरेश बहादुर सिंहले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डुमा जारी पार्टीको १४औं महाधिवेशनमा शनिबार नेता सिंहले खुला तर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि उनले बिहिवार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि भृकुटीमण्डपमा उद्घाटन भएर निर्वाचन प्रकृया सुरू भएको छ ।

सिंह बझाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनले २०३५ सालमा बझाङको बुङ्गगल स्थित सरस्वती माविमा कक्षा ९ मा पढ्नेक्रममा नेविसंघको उपाध्यक्षबाट राजनीति सुरू गरेका थिए ।

उनी नेविसंघको केन्द्रीय उपाध्यक्ष र राज्यमन्त्री समेत भइसकेका छन् । २०४६ सालको जनआन्दोलनमा सिंह कैलालीको धनगढीमा जेल समेत परेका थिए । पार्टीको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई बौद्धिक व्यक्तित्वको रूपमा समेत चिन्ने गरिएको छ ।