कम्युनिष्ट सरकारले चिनसँग सम्झौता गरेर सी विचारधारा लाद्न खाज्यो : बालकृष्ण खाँण

कम्युनिष्ट सरकारले चिनसँग सम्झौता गरेर सी विचारधारा लाद्न खाज्यो : बालकृष्ण खाँण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग मिलेर मुलुकमा सी विचारधारा लाद्न खोजेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए ।

‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ’ खाँणको भनाई छ ।

वर्तमान संविधान सर्वस्वीकार्य हुन सबैको स्वामित्व बढाउन संशोधन जरुरी रहेको बताए । ‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ’ नेता खाडले भने, ‘संविधान बहुलवादमा आधारित छ ।

तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको छ ।’ उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।