कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको मृत्यु

कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका नेता भीमसेन घिमिरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ललितपुर जिल्ला कार्यसमितिका सचिव ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रम मृत्यु भएको हो ।

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)बाट राजनीति सुरु गरेका घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।