प्रहरी हिरासतमा रहेका कांग्रेस नेता अस्पताल भर्ना, एमाले नेताले गरे भेट

प्रहरी हिरासतमा रहेका कांग्रेस नेता अस्पताल भर्ना, एमाले नेताले गरे भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवाखालबाट समातिएका नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् ।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा रहेका नेता लामाको सुगरको मात्रा बढेपछि प्रहरीले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरेको हो । अस्पतालमा रहेका नेता लामासँग एमाले नेता पार्वत गुरुङले भेट गरेका छन् । शनिबार अस्पताल पुगेका नेता गुरुङले लामाको स्वास्थ्य लाभको कामना गरेका थिए ।

जोरपाटीको नयाँ बस्तीस्थित एक घरमा जुवाखाल जमाइरहेको अवस्थामा लामासहित १८ जनालाई १८ गतेराति प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लामासहितका जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद गरेको थियो । लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् ।