काठमाण्डु – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण उनको होम आइसोलेसनमा उपचार भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए
यसैगरी काँग्रेसले मोरङको केराबारी गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको भत्र्सना गर्दै खेद प्रकट गरेको छ ।
गम्भीररुपमा घाइते हुनुभएको कार्कीको गर्धन र हातमा चोट लागेको र हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ । काँग्रेसले एक विज्ञप्तिमार्फत खुकुरी प्रहार गर्ने ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारवाही गर्न माग गर्दै घाइते हुनुभएका कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।




प्रतिक्रिया