कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको छ ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. राजिव झाले जानकारी दिए । उनले जोशीको शरीरको बायाँ पाटो पूरै पक्षघात भएको बताए ।

दाहिने हातखुट्टा भने आज बिहानदेखि केही चलेको छ । आइतबार बिहान सिटिस्क्यान गरेर रिपोर्ट हेरेपछि थप कुरा बताउन सकिने डा. झाको भनाइ छ ।