काठमाण्डु – नेपाली काँग्रेसको आशन्न १४औं महाधिवेशनमा १२ जना नेताले महामन्त्रीमा दावी गरेका छन् । यहि मंसिर २४ गतेबाट सुरु हुने महाधिवेशनमा दुई महामन्त्री पदका लागि अहिलेसम्म १२ जना नेताहरुले दावेदारी पेश गरेका हुन् ।
उक्त महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्नेछ । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ ।
तीन समूहमा विभाजित काँग्रेस सभापति शेरबहादुर देउवा समुहबाट ६ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट ५ र कृष्ण सिटौला समूहबाट १ जना दावेदार रहेका छन् । संस्थापन पक्षबाट बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले महामन्त्रीका दागि दावी पेश गरिसकेका छन् ।
त्यस्तै संस्थापन इतर पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् । सिटौला समूहबाट भने प्रदीप पौडेलले महामन्त्रीको दावी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।
यो पटक विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि सभापति दावी गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । यद्यपी कुनैपनि समुहले आफ्नो प्यानल भने बनाइसकेका छैनन् ।
देउवा पक्षबाट महामन्त्रीका दावेदार :
बालकृष्ण खाँण
विश्वप्रकाश शर्मा
डा. प्रकाशशरण महत
रमेश लेखक
एनपी साउद
ज्ञानेन्द्र कार्की
पौडेल पक्षबाट महामन्त्रीमा दावेदार :
डा. मिनेन्द्र रिजाल
गगन थापा
धनराज गुरुङ
चन्द्र भण्डारी
दीपक गिरी
सिटौला समूहबाट
प्रदीप पौडेल




प्रतिक्रिया