कांग्रेसले आम निर्वाचन जित्नेगरी योजना बनाउनुपर्छ : डा. महत

कांग्रेसले आम निर्वाचन जित्नेगरी योजना बनाउनुपर्छ : डा. महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले आम निर्वाचन जित्नेगरी योजना बनाउनुपर्ने बताएका छन् ।

पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं महाधिवेशनको ठूलो भूमिका रहने उनको भनाइ छ ।

नेपाली कांग्रेस काठमाण्डु महानगरपालिका वडा नं ४ र ५ को १४ औं वडा अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सह–महामन्त्री डा. महतले नेपाली कांग्रेसको हालको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा लाग्नुपर्ने बताए ।

अघिल्लो निर्वाचन जितेर आएका दलहरु राज्य सञ्चालनमा असफल भएकोले अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेसले सरकार संचालन गर्नुपरेको बताए ।