काठमाण्डु – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा दिएका छन् । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघको अध्यक्ष दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले राजीनामा दिएको पत्र बुधबार पार्टी सभापति शेरबहादुर देउवालाइ बुझाएका छन् । पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको यस्तो अव्यवहारिक एवम् अन्यायपूर्ण अवस्थामा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नदिएको उनले उल्लेख गरेका छन् ।





प्रतिक्रिया