काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले ज्ञानेन्द्र शाहिमाथि भएको कुटपिट घटनाको विरोध जनाएका छन् ।
शाहीको कुटपिटको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नसक्ने उल्लेख गर्न नसक्ने उल्लेख गर्दै ज्ञानेन्द्र शाहिलाई कुटेर भ्रष्टाचारविरुद्धको आवाज बन्द गर्न नसकिने बताएका छन् ।
‘अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा गलत छ । चाहे जनुसकुै बहानामा होस्, कसैले कसैको पनि स्वतन्त्र रुपमा विचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन ।’ उनले भने, ‘ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस् ।’
शनिबार भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो । शाहीको शनिबारै काठमाठौं ल्याइएर काठमाडौंस्थि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि समस्या भएको बताइएको छ ।




प्रतिक्रिया