लोकतन्त्र रक्षाका लागि वैकल्पिक सरकारको खाँचो: नेता सिंह

लोकतन्त्र रक्षाका लागि वैकल्पिक सरकारको खाँचो: नेता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो । ‘कम्युनिष्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्’, नेता सिंहले भने, ‘जुन अपेक्षासहित जनताले मत दिए तर त्यो मतको सही सदुपयोग गर्न कम्युनिष्टले सकेनन् ।’

अब नेपाली कांग्रेसलाई समयको माग अनुसारको पार्टीका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आगामी १४औँ महाधिवेशनबाट सशक्त नेतृत्व आउने उनको दाबी थियो । ‘कुरामा मात्रै होइन अब काममा विश्वास गरौँ”, नेता सिंहले भने, ‘अबको महाधिवेशनबाट काम गर्न सक्ने र पार्टीलाई सङ्गठित गर्न सक्ने खालको नेतृत्व चयनमा जोड दिऔँ, पार्टीलाई संस्थागत गर्दै लगौँ ।’