काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यावश्यक काम परे टेलिफोनमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्तिमार्फत कोरोनाभाइरस संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्ने बताउँदै नेता पौडेलले अत्यावश्यक काम परे टेलिफोनमा कुराकानी गर्न सकिने बताएका हुन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिएको बताउँदै नेता पौडेलले रोगले आक्रान्त पार्नु अघि नै सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘हामी नेपालीहरूले पनि रोगले आक्रान्त पार्नु अगावै सावधानी अपनाउनु आवश्यकता महशुस गरी म आह्वान गर्छु । अत्यावश्यक काम र कुराकानी टेलिफोन सम्पर्कबाटै सुरू गरौं ।’




प्रतिक्रिया