शहीदगेटमा लखन थापाको शालिक स्थापना गरिनुपर्छ : नेता खतिवडा


ओखलढुंगा – पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले काठमाडौंको सुनधारास्थित शहीदगेटमा लखन थापाको सालिक स्थापना गरिनुपर्ने बताएका छन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न नेपाल मगर संघ ओखलढुंगाको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता खतिवडाले नेपालका पहिलो शहीद लखन थापा मगरको सालिक राखिनुपर्ने बताएका हुन् । सबै जात, धर्म, संस्कृतिलाई समेट्ने संविधान बनेकाले थापा मगर सहित अन्य शहिदहरुको सालिक राखिएमा त्यसले थप सार्थकता पाउने खतिवडाको भनाइ थियो ।

एक फरक प्रसंगमा बोल्दै नेता खतिवडाले राज्यले सबैलाई आतंकित बनाउन थालेको आरोप लगाए । आफ्नै पार्टीका नेताले विगार गर्दा राज्य जोगाउन लागि परिरहेको र अन्य पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्न राज्य अग्रसर हुँदै गएको उनले बताए । कानुन सबैलाई समान तवरले लागू हुनुपर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement