प्रतिनिधिसभा पुर्नस्थापना काँग्रेसकाे पहिलो प्राथमिकताः शशांक कोइराला

प्रतिनिधिसभा पुर्नस्थापना काँग्रेसकाे पहिलो प्राथमिकताः शशांक कोइराला


काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना पहिलो प्राथमिकता रहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो बताएका हुन् ।

उनले भने, ‘हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि हो । पहिलो प्राथमिकता संसद पुनःस्थापना हुनुपर्छ भन्ने हो ।’  उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको पनि बताए ।

उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए ।