दाङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले देशको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् ।
सोमवार दाङको तुलसीपुरमा रिर्पाेटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले भारतले नेपालको सीमा मिचेको विषयमा सरकार गम्भीर नभएको बताउँदै सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्न नसकेको आरोप लगाएका हुन् ।
भारतले सार्वजनिक गरेको नक्सा सच्चाउनेप्रति सरकारले चासो नदेखाएको उनले आरोप लगाए । ‘भारतले सार्वजनिक गरेको नक्साबारे कुटनीतिक रुपबाट समाधान गर्नुपर्नेमा सरकार बाहिर–बाहिर बोलेर हिँड्यो,’ पौडेलले भने, ‘जुन कुटनीतिक रुपमा टेबुल गर्नु पर्ने हो, सरकारसँग त्यो क्षमता छैन ।’ नेता पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको समेत आरोप लगाए ।




प्रतिक्रिया