काठमाण्डु – संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको काँग्रेसको पदाधिकारी बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
शीर्ष नेताहरुबीच भएको छलफलमा पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको हाे । दिउँसो १ बजेलाई बोलाइएको केन्द्रीय समिति बैठक ३ः३० बजेबाट सुरु भएको छ ।




प्रतिक्रिया