कांग्रेस महाधिवेशन : ५३ जिल्लामा निर्वाचन अधिकृत खटाइयो (सूचीसहित)

कांग्रेस महाधिवेशन : ५३ जिल्लामा निर्वाचन अधिकृत खटाइयो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको छ ।

यही भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।

कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिएको छ ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।