कांग्रेस महाधिवेशन : भाजपादेखि चिनियाँ कम्युनिस्ट पार्टीसम्मलाई निम्तो

कांग्रेस महाधिवेशन : भाजपादेखि चिनियाँ कम्युनिस्ट पार्टीसम्मलाई निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १४ औं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई आमन्त्रण गरेको छ ।

यहि मंसिर २४ देखि २७ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन दक्षिण एसियाका मुख्य–मुख्य पार्टीहरूलाई आमन्त्रण गरेको हो ।

दक्षिण एसियाका मुख्य–मुख्य दल चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी (भाजपा), कांग्रेस आईलगायतका पार्टीलाई आमन्त्रण गरिएको विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतले बताए ।

भाजपा र कांग्रेस आईका प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी आइसकेको उनले बताए । उनले मुलुकका सबै प्रमुख राजनीतिक दलका नेताहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

महाधिवेशनको तीव्र तयारीमा लागेका कांग्रेसले सातमध्ये ६ वटा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ भने प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ । कांग्रेस महाधिवेशनमा देशभरका ४५ सय प्रतिनिधि सहभागी हुँदैछन् ।