काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि १५ मिनेटको लागि स्थगित भएको सोमबारको प्रतिनिधिसभा बैठक सूचना टाँसेर भाेलि ११ बजेसम्मलाई स्थगित गरिएकाे छ ।
गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले दमनबारे सरकारको जवाफ माग्दै विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । ।
बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसपछि पुष्पा भुसालले विनियोजन बैठकबारे छलफल गर्न संसद बैठक डाकिएको भएपनि सभामुखले गुठी विधेयकबारे छलफल गराएकोमा आपत्ति जनाइन् । उनले गुठी विधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् । उनले आइतबार भएको दमनको गृहमन्त्रीले सदनमा आएर जवाफ दिन आग्रह गरिन् ।
उनले गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले बताइन् । उनले गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले बताइन् । त्यसपछि सभामुख कृष्णबहादुर महराले घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
सभामुखले यति भनिसकेपछि पनि विपक्षी सांसद उठेरै विरोध गरिरहेपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
१५ मिनेटका लागि स्थगित भएको बैठक मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको हो ।




प्रतिक्रिया