मिडिया काउन्सिल विधेयक सुटुक्क संसदमा पेश गरिनु गलतः नेता कोइराला

मिडिया काउन्सिल विधेयक सुटुक्क संसदमा पेश गरिनु गलतः नेता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सोमबार एक विज्ञप्ती जारी गर्दै सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको बताएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहितका विधेयकहरु संसदमा लानु र पारित गर्न तम्सिनु अहिलेको सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप भएको उनले आरोप लगाए ।

नेता कोइरालाले संसदमा दर्ता भएका सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयक फिर्ता लिई सरोकारवालासँग पर्याप्त छलफल र सहमतिका आधारमा पुनः प्रस्ताव गर्न सरकारलाई आग्रह गरेका छन् ।