कांग्रेस अधिवेशन : ओखलढुङ्गामा फर्जी मतपत्र भेटिएपछि मतदान केन्द्रमा झडप

कांग्रेस अधिवेशन : ओखलढुङ्गामा फर्जी मतपत्र भेटिएपछि मतदान केन्द्रमा झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यशोदा भुजेल

ओखलढुङ्गा – नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला अधिवेशन स्थलमा झडप भएको छ । कांग्रेस जिल्ला अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधी र जिल्ला कार्य समिति छनौटका लागि हुने मतदानमा नमूना मतपत्र र मतपत्र एकै किसिमको पाइएपछि संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच झडप भएको हो ।

मतपत्रको विषयमा विवाद हुँदा प्रत्यक्ष दुई समूहमा विभाजन भएका नेताहरुका विचमा हात हालाहालको अवस्था सृजना भएको हो ।विवादका बिच केही मुक्कामुक्की चलेपनि अहिले प्रहरीले स्थितीलाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन स्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो शक्ति तैनाथ गरिएको छ । झडपका कारण बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान अहिलेसम्म सुरु हुन सकेको छैन् । ओखलढुंगा कांग्रेसको सभापति बन्न संस्थापन पक्षका तेजेन्द्र खनाल र संस्थापनइतर समूहका बालकृष्ण दाहाल प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिले मतपत्र छपाएकै स्थानबाट संस्थापन पक्षले फर्जी मतपत्र बनाएर मतदानस्थलसम्म पुर्‍याएको भन्दै संस्थापन इतर पक्षले पुनः नयाँ मतपत्र बनाएर निर्वाचन हुनुपर्ने माग गरेको छ ।  निर्वाचन समितिले भने निकासबारे दुवै पक्षसँग छलफल गरिरहेको छ ।