काँग्रेस खुला महिलातर्फ डिला संग्रौलालाई सर्वाधिक मत, अन्य काे-काे भए विजयी ? (सूचीसहित)

काँग्रेस खुला महिलातर्फ डिला संग्रौलालाई सर्वाधिक मत, अन्य काे-काे भए विजयी ? (सूचीसहित)


काठमाण्डु – नेपाली काँग्रेसको केन्द्रीय सदस्य खुला महिलातर्फ ९ जना विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना निर्वाचित भएका हुन् ।

जसमा डिला संग्रौला सर्वाधिक २ हजार ८ सय ८५ मत ल्याएर पहिलो भएकी छन् । त्यस्तै पुष्पा भुसालले २ हजा ७ सय १८ मत पाएर दोस्रो भएकी छन् । तेस्रो स्थानमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा परिन् । उनले २ हजार ५ सय ३६ मत ल्याइन् ।

चौथो स्थानमा अम्बिका बस्नेत, पाँचौ स्थानमा ईश्वरी न्यौपाने, छैटौ स्थानमा सरिता प्रसाइँ, सातौ स्थानमा रमा कोइराला पौडेल, आठौं स्थानमा सुशीला ढकाल आचार्य र नवौं स्थानमा रंगमती शाही निर्वाचित भइन् । निर्वाचित ९ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् ।