तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरूकाे सहमति

तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरूकाे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंगाे लगाउने सहमति भएको छ ।

बुधबार  बुढानिकण्ठमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच विवादित विषयलाई तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने समझदारी भएको हाे ।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २/३ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।