को-को छन् कांग्रेसबाट भावी प्रधानमन्त्री बन्ने दौडमा ?

को-को छन् कांग्रेसबाट भावी प्रधानमन्त्री बन्ने दौडमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय नेपाली कांग्रेसका शिर्ष नेताहरु भावी प्रधानमन्त्रीको दौडमा लागेका छन् । संघ र प्रदेशसभाको निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्रीको दौडमा लागेका हुन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलले प्रधानमन्त्रीको आकांक्षा राखेका छन् । प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्रव पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे । प्रधानमन्त्री बन्नेगरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

काठमपाण्डु ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन् । थापालाई कांग्रेसका अर्का महामन्त्री विश्वप्रकास शर्माको समर्थन छ । शर्माले गगन थापाले भावी प्रधानमन्त्रीका लागि दावी गरे आफू खुलेरै साथ दिने बताइसकेका छन् ।

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेर नेता सिंहलाई आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए ।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका छन् । अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका छन् ।