काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको भन्ने दिएको अभिव्यक्ति प्रति प्रश्न उठाएका छन् ।
शर्माले गोली चलाएर मात्रै लोकतन्त्रको रक्षा हुने हो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै गृहमन्त्रीको धारणा व्यक्तिगत हो कि सरकारकै धारणा भनेर सोधेका हुन् ।
‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यू ?,’ शर्माले भनेका छन,
‘गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ? उसबेलाको प्रजातन्त्रले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादल बेपत्ताको लिष्टमा पुग्ने थिएनन् र ? सहादतको सूचीमा भलै हामी कैयौंको नाम हुन्थ्यो ।’
प्रहरीसँगकै मुठभेडमा पौडेलको मृत्यु भएको गृहमन्त्रीले जवाफ दिएका थिए ।




प्रतिक्रिया