कतिका सपना मारेर कस्तो देश बनाउन खाेज्नुभएको प्रधानमन्त्रीज्यू ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भोजपुर घटनामा नेपाल प्रहरीका जवान र विप्लव कार्यकर्ता मारिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै कतिका सपना मारेर कस्तो देश बनाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘एक प्रहरी, अर्का विद्रोही युवाको परिवारको सपना आज मारिएको छ ।’ उनले कति मानिसलाई मारेर कस्तो देश बनाउने सपना प्रधानमन्त्रीसँग छ भनेर पनि प्रश्न गरेका छन् ।

‘कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँसँग ?,’ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन् । भोजपुरमा बुधबार एक प्रहरी जवान र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement