काठमाण्डु – नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन् ।
प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भइरहेको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शशांक कोइराला, नेता सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरू सहभागी भएका छन् ।
पार्टी सभापती शेरबहादुर देउवाको विकल्प दिन साझा उमेद्वार बनाउने कसरत भइरहेको बताइएको छ । सभापति पदका लागि आकांक्षी धेरै भएपछि सहमतिबाट साझा उमेद्वार तय गर्न नेताहरुले छलफललाई तिव्रता दिएका हुन् ।
तर, आजको छलफल भने भिन्नै भएको नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्यता र जिल्ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा कुराकानी हुने उनको भनाइ छ ।




प्रतिक्रिया