काठमाडौं – राष्ट्रियसभाको निर्वाचनमा नेपाली काँग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिला र अल्पसँख्यक र समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदारी दिने सहमति भएको हो ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।





प्रतिक्रिया