कांग्रेस र राप्रपाले बहिस्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

कांग्रेस र राप्रपाले बहिस्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बहिस्कार गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसद नआएपछि बैठक सुरु गरेर जेठ १५ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै नेपाली कांग्रेसले दलको बैठकबाट बहिष्कार गर्ने निर्णय गरेको थियो । बैठकमा राप्रपाका २ सांसद पनि अनुपस्थित भएपछि स्थगित गरिएको हो ।

मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रदेश प्रमुख डिल्लीराज भट्टबाट आएको पत्र पढेर सुनाएपछि प्रतिपक्षी दल नै अनुपस्थित रहेकाले बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जना सदस्यलाई नै बहुमत मानेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा भएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सर्वोच्चले जेठ १४ गतेका लागि पेसी तोकेको छ ।