विजयकुमार गच्छदार कांग्रेसमा विलय हुँदै, यसरी भयो खुलासा

विजयकुमार गच्छदार कांग्रेसमा विलय हुँदै, यसरी भयो खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौँ– माओवादी केन्द्रका नेता रामेश्वर रायले माओवादीमा आउनुको प्रष्टीकरण दिएका छन् । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि नेपाली रेडियो नेटवर्कको कार्यक्रम “जनता जान्न चाहन्छन” मा रायले भने, “नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराईदिन्छु, भनेर गच्छदारजीले पटक पटक पार्टीका बैठकहरुमा धम्क्याएका थिए, त्यसैले उनको चाहना भनेको नै कांग्रेसमा पार्टी विलय गराउने हो ।” उनले दाबी गर्दै भने,“हेर्दै जानुहोला गच्छदार छिट्टै कांग्रेसमा प्रवेश गर्दैछन्, त्यसैले म माओवादीमा गएको हुँ।”

 

 

पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेलगत्तै उनले गच्छदारमाथि टिप्पणी गर्दै भने,“यही अवस्थामा चुनावमा गए गच्छदारको पार्टी मधेशमा समाप्त हुन्छ, किनकी उनी परिवारवाद, नातावादको राजनीति गरिरहेका छन्, उनी भनेको व्यक्तिगत स्वार्थी मान्छे हुँ, आथिैक रुपमा विलासी हुन्, उनीसँग अथाह पैसा छ।”

 

 

त्यतिमात्रै नभएर उनले गच्छदार मधेश र मधेशी जनता विरोधी नेता भएको समेत आरोप लगाए । यद्धपी उनले आफू पद र पैसाको पछि लाग्ने मान्छे नभएको स्पष्ट पारे । बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले रायसहितका सयौं नेता–कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।