काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकले मौलिक संस्कार नामेट गर्न खोजेको भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बडुले सरकारले दमनको बाटो नभएर वार्ता र संवादको बाटो रोज्नुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजी गुठी विधेयक संशोधन गर्न सकिन्छ भन्नुहुन्छ । सरकारका प्रवक्ता हुँदैन भन्नुहुन्छ,’ उनले भने, ‘कुटेजस्तो र रोएजस्तो गर्ने सरकारको नाटक हामीलाई स्वीकार्य छैन ।’ सरकारले दोहोरो चरित्र प्रस्तुत गरेको आरोप लगाउँदै सांसद बडुले सरकारले सडकको आन्दोलन नदेखेको पनि बताए ।




प्रतिक्रिया