कांग्रेस सांसदको प्रधानमन्त्रीलाई व्यंग्य, आउनुस् मेरो स्कुटरको पछाडी बसेर बनस्थली जाउँ

कांग्रेस सांसदको प्रधानमन्त्रीलाई व्यंग्य, आउनुस् मेरो स्कुटरको पछाडी बसेर बनस्थली जाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं धुलोमुक्त भएको भनाईप्रति आपत्ति जनाएकी छिन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न आग्रह गरेकी छन् ।

‘प्रधानमन्त्रीज्यू आउनुस्, मेरो स्कुटरको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । माक्स लगाउन पर्छ कि पर्दैन हेरौं ।’

प्रधानमन्त्रीले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंका आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले कसैले मास्क लगाएर हिड्दैनन्, लगाउनुपर्दैन ।’

प्रधानमन्त्रीले काठमाडौंमा मास्क लगाएर हिँड्नुनपर्ने बताएपछि सामाजिक सञ्जालमा पनि व्यंग्यात्मक विरोध भइरहेको छ ।