काठमाडौं – सोमबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार भएकोे विस्फोटमा नागरिक नमारिएको भनेपछि कांग्रेस सांसदले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियार लगाएतका सांसदहरुले नेपाली नागरिक नमारिएको भए ती व्यक्तिहरु कहाँका नागरिक हुन ? कुन देशका नागरिक मारिए ? भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
सांसद परियारले अब नेपाली नागरिकहरुले कहिलेसम्म अनागरिक बन्दै हिड्न पर्ने हो र गृहमन्त्रीले क–कसलाई अनागरिक बनाउँदै हिँड्नुहुन्छ ? भन्दै आक्रोस पोखेकी थिइन् । तर सत्तापक्षका सांसदहरूले त्यस्ता विस्फोटमा संलग्नलाई नागरिक नमानेर गृहमन्त्रीले ठीक गरेको बताएका थिए ।




प्रतिक्रिया