काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको जानकारी गराएका हुन् । उनले भने, ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु ।’
चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गर्दै राष्ट्रपति सीको नेपाल भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने ।




प्रतिक्रिया