भूतपूर्व सैनिक गुरुङको निधनप्रति कांग्रेस सभापति देउवाको दुःख व्यक्त

भूतपूर्व सैनिक गुरुङको निधनप्रति कांग्रेस सभापति देउवाको दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मिएका गुरुङ ब्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए ।

उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडिसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।

ब्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पुर्‍याएको योगदान र बलिदानको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको उनी एक नेतृत्वकर्ता थिए । स्व. गुरुङ नेपाल भूतपूर्व सैनिक सङ्घको तीन कार्यकालसम्म अध्यक्ष रहेका र उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।