काठमाडौं – प्रमुख प्रतिपक्षि दल कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस छाडेर अन्य पार्टीमा गएकालाई कांग्रेसमै फर्कन आग्रह गरेका गरेका छन् ।
काभ्रेको धुलिखेलमा आयोजित जागरण कार्यक्रममा बोल्दै नेता कोइरालाले कम्युनिस्टहरुले देश कब्जा गर्न लागेको भन्दै कोइरालाले प्रजातन्त्रका लागि लडेका सबैलाई पुराना कुरा बिर्सेर पार्टीमा फर्कन आग्रह गरे । उनले भने, ‘पुराना कुराहरुलाई बिर्सिदिनुस, कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसके आउनुस सँगै मिलेर सहकार्य गरौं ।’
उनले विगतमा भएका भेदभाव र पार्टीमा मूल्यांकन नहुने परिपाटीले धेरैमा असन्तुष्टि बढेको स्वीकार्दै आइन्दा त्यस्तो नहुने बताए ।
कांग्रेसका जिल्ला सभापती मधु आचार्य, नेताहरु कंचनचन्द्र बादे, तीर्थ लामा, महेश खरेल र रमेश हुमागाई, पूर्वसांसद कमला थापा,गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको निरंकुशताविरुद्ध एकजुट हुन आग्रह गरे ।




प्रतिक्रिया